प्रचण्ड-शेखरबीच भेटवार्ता, एमसिसी र चुनावी गठबन्धनबारे छलफल

प्रचण्डलाई भेटेर शेखर कोइरालाले भने 'चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन'

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न नेता कोइराला बिहीबार बिहान कोइराला दाहाल निवास खुमलटार पुगेका हुन् ।

कांग्रेस नेता अमरेशकुमार सिंहका अनुसार दाहाल र कोइरालाबीच अमेरिकी सहयोग परियोजना एमसिसी र स्थानीय तहको चुनावमा गठबन्धन बारे छलफल भएको थियो।कोइरालाले कांग्रेस माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान नसक्ने स्पष्ट पारिदिएको भेटमा सहभागी नेता सिंहले बताए।

माओवादीसँग गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा नै नरहेको भन्दै कोइरालाले गठबन्धन गर्न नसकिने बताएका थिए।यस्तै, कोइरालाले एमसिसीको बारेमा राष्ट्रिय सहमति जुटाउन दाहाललाई आग्रह गरेको सिंहले बताए।

सम्बन्धित समाचार