सौर्य आँधीका कारण स्पेसएक्सका दर्जनौं स्याटेलाइट नस्ट

काठमाडौं । सौर्य आँधीका कारण स्पेस एक्सका दर्जनौं स्याटेलाइट नष्ट भएका छन् । आँधीका कारण इलोन मस्कको कम्पनी स्पेस एक्सका दर्जनौं स्याटेलाइट नष्ट भएका हुन । यो घटनाले अन्तरिक्ष क्षेत्रको चुनौती प्रस्टाएको छ । प्रक्षेपण भएको भोलिपल्टै भूचुम्बकीय आँधीका कारण स्पेस एक्सका स्याटेलाइटहरू ध्वस्त भएको बिबिसीले लेखेको छ ।

ती स्याटेलाइटहरू पृथ्वीको सतहबाट २१० किलोमिटर माथि छाडिएका थिए । यो आँधीले वायुमण्डललाई केही तताएको र अनुसन्धानकर्ताहरुले अनुमान लगाएभन्दा वायुमण्डल झन् सघन भएको थियो ।

सौर्य आँधीले पृथ्वीको वायुमण्डललाई पनि केही प्रभावित गरेको थियो । यी स्याटेलाइट फ्लोरिडास्थित केनेडी स्पेस सेन्टर स्पेस एक्सको फाल्कोन-९ रकेटमार्फत फेब्रुअरी ३ मा लन्च गरिएका स्याटेलाइटलाई असर पुगेको हो । स्पेस एक्सका मालिक इलोन मस्कले प्रक्षेपण गरेका ४९ मध्ये ४० वटा स्याटेलाइटहरूलाई भू-चुम्बकीय आँधीका कारण असर परेको हो ।

स्पेस एक्सले सन् २०१९ देखि स्टारलिंक स्याटेलाइट प्रक्षेपण गर्दै आएको छ । यसमा सयौं स्याटेलाइटहरूलाई एउटा तारामण्डल जस्तो बनाएर उच्च गतिको इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य राखिएको हो । हालसम्म १९ सयभन्दा बढी स्टारलिंक स्याटेलाइट लन्च भएका छन् ।

सम्बन्धित समाचार