सेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार रकम

काठमाडौं । लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको हो ।

लगातार तीन कारोबार दिनसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ वृद्धि भएको थियो । मंगलबार पनि नेप्से २।१९ अंक ९०.११ प्रतिशत० ले वृद्धि भएर १९९५.२१ अंकमा बन्द भएको छ ।

नेप्सेमा सुधार भए पनि कारोबार रकम भने घटेको छ । मंगलबार बजारमा २९ लाख १४ हजार ५०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड ९५ लाख १७ हजारको कारोबार भएको छ । सोमबार १ अर्ब २६ करोड ६६ लाख १९ हजारको कारोबार हुँदा आइतबार २ अर्ब माथिको कारोबार भएको थियो ।