केन्याविरुद्धको खेलमा ज्ञानेन्द्रको अर्धशतक

काठमाण्डौ – केन्यासँगको पाँचौँ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन् । मल्ल ४४ बलमा ५९ रन बनाएर आउट भए ।

ज्ञानेन्द्र ५९ रन बनाउँदा पाँच वटा चौका र दुई वटा छक्का प्रहार गरे । उनी १४ ओभर २ बलमा भिराज पटेलको बलमा आउट भए ।

पाँच खेलको टी–२० शृङ्खलामा आज नेपाल र केन्याबीच निर्णायक खेल भइरहेको हो । शृङ्खलामा नेपाल र केन्याले दुई–दुई वटा खेल जितेका छन् । आजको खेल जित्नेले शृङ्खला जित्नेछ । नेपालले पहिलो र तेस्रो खेल जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको छ ।