मुक्तिनाथ कृषि कम्पनीले गर्यो एकै पटक ८ वटा कम्पनीको उद्घाटन

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्ना चौथो वार्षिकोत्वसको अवसरमा एकैसाथ ८ वटा सहायक पब्लिक कम्पनीहरुको समुद्धाटन गरेको छ । कम्पनीले कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष्यसहित एकैपटक मुक्तिनाथ सिड बैंक लिमिटेड, मुक्तिनाथ फर्टिलाइजर बैंक लिमिटेड, मुक्तिनाथ नर्सरी बैंक लिमिटेड, मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेड, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फूड बैंक, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी र मुक्तिनाथ टे«डिङ गरी आठवटा सहायक कम्पनीहरु औपचारिक समुद्घाटन गरेको हो ।

देशको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय र गैरवित्तीय सेवाहरु प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो ।

आफ्नो स्थापना कालदेखि नै निरन्तर रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक साझेदार कम्पनीहरु तथा फर्महरु, कृषक समूह, सहकारीहरुसँग सहकार्य गर्दै कृषिको मूल्य श्रृंखला विकासका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्ने पत्यन्न मुक्तिनाथ कृषि कम्पनीले गरिरहेको छ । जसको लागि ‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ र समृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि’ भन्ने मूल मन्त्रलाई सार्थक तुल्याउन ‘कृषकसँग मुक्तिनाथ’ र उपभोक्तासँग मुक्तिनाथ’ अभियान सुरुवात गरी सोही अनुसारको कार्यक्रमकहरु कम्पनीले गर्दै आइरहको छ ।

मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो स्थापना दिवस मनाइरहँदा विगतका ४ वर्षहरु विशेष गरी नेपालको कृषि क्षेत्रमा विद्यमान समस्याहरु, भइरहेका प्रयासहरु, व्यवसायिक अवसरहरु र समग्र कृषि क्षेत्रको विकासमा समग्र निजी क्षेत्र र कम्पनीले गर्नुपर्ने लगानीका क्षेत्रहरु पहिचान गर्नका लागि मुख्यत व्यतित गरेको र स्पष्ट मार्गचिच तयार गरेको छ ।

साथै कम्पनीले आफ्नो उद्देश्य अनुसार हाल कृषकहरुलार्य आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु जस्तै मल, बिउ, रोग किरा नियन्त्रक, औजारउपकरण सहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारको साथै कृषि उत्पादकहरुको खरीद सुनिश्चितता गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धि कार्यहरु गर्दै आइरहेको छ । हालसम्म कम्पनीले ६२ वटा जिल्लाहरुमा विभिन्न व्यवसायिक साझेदारहरुको माध्यमबाट कम्पनीको वस्तु तथा सेवाहरु प्रवाह गरेको छ । जसको लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु संचालनमा रहेको छ र यो वर्ष इटहरु, चन्द्रानिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु स्थापनाको अन्तिम चरणमा पुगेको छ ।

कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहेको छ भने हरेक सहायक कम्पनीहरुले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टकृत वस्तु तथा सेवाहरुको उपलब्ध गराउने छ । जसमा बिउ बैंकले गुणस्तरीय बीउ प्रबद्र्धन, मल बैंक दिगो मलको व्यवस्थापन, नर्सरी बैंक जुनसुकै समयमा रोपणको लागि आवश्यक तयारी विरुवाहरु उपलब्धता, लाइभस्टक बैंक पशुपन्छीजन्य उत्पादनहरुको उत्पादकत्व बृद्धि, हर्वल बैंकले प्राकृतिक अर्थतन्त्रको विकास, फुड बैंकले देशको समृद्धिको लागि, मेशिनरी कम्पनी नेपाल उपयोगी औजारउपकरण उत्पादन र टे«डिङ्ग कम्पनीले एकै ठाउँबाट कृषक र उपभोक्ताहरुलाई आवश्यक सामाग्रीहरुको वितरणका कार्यहरु गर्नेछन् ।

जसरी बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय मध्यस्थकर्ताको भूमिका निर्वाह गरी वित्तीय पहुँच र परिचालनको साथै युवाहरुको रोजगारीका लागि आकर्षकणको क्षेत्र निर्माणमा योगदान गरेको छ, त्यसैगरी नेपालमा कृषि जस्तो बृहत र महत्वपूर्ण क्षेत्रको विकासको लागि संस्थागत रुपमा गैरवित्तीय वस्तु तथा सेवाहरुमार्फत कृषि मध्यस्थकर्ताको भूमिका निर्वाह गरी युवाहरुलाई कृषिमा आकर्षित गराउँदै कृषिको समग्र मूल्य श्रृंखला विकासमा व्यवस्थापकीय भूमिका स्थापित गर्न र सहायक कम्पनीको नामाकरणमा बैंक शब्द राखिएको कम्पनीले जनाएको छ ।