विवाह बन्धनमा बाँधिदै गोलकिपर किरण

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले आज (बुधबार) लगनगाँठो कस्दै छन् ।

उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन् । किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए ।

उनले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जिते लगत्तै आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए । किरणले माजिया स्पोर्ट एण्ड रिक्रएसनबाट धिवेही लिग खेलेका थिए ।

विवाह सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा हुँदै छ । किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटार पुग्ने छन् ।