काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ भदौ बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।
लघुवित्तले हाल कायम जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत सार्वजनिक निष्कासन खुला गरेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको हो ।
अनुमति पाएकोमध्ये कुल सार्वजनिक निष्कासन हुने सेयरमध्ये जारी पुँजीको ०।५ प्रतिशतले हुन आउँने ५४७० कित्ता कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ ।
बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।