एमाले प्रवेश गर्ने भएपछि सुदूरपश्चिमका पूर्वाधार राज्यमन्त्री बर्खास्त

धनगढी । सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका हुन् ।चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको स्रोतले बताएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर आएका छन् । उनले एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेताहरुलाई पार्टी प्रवेश गराउँदैछन् ।