काठमाडौं – सामाजिक सञ्जाल भाइबरमार्फत नाबालिकालाई दुख, हैरानी तथा अपमान गरेको अभियोगमा भारत मोतिहारी चिरैया सेनवरिया घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने १९ वर्षीय मोहम्मद रमीज राजालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
राजाले नाबालिकाको तस्वीर ईडिट गरी बनाएको अश्लील भिडियो भाइबरमार्फत पठाई डर त्रास देखाई नाजायज फाईदा लिन खोजेको र उद्देश्य पूरा नहुने भएपछि उक्त भिडियो सार्वजनिक गरिदिने भनी नाबालिकालाई मानसिक यातना तथा दुख, हैरानी दिएको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ।