काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भए पनि विचारले जवान भएको बताएका छन् । एकीकृत समाजवादी सुर्खेतले बुधबार सुर्खेत आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले, नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी नेकपा (एकीकृत समाजवादी) भएको बताए ।
उनले भने ‘हाम्रा सामू अनेक चुनौती छन् । सुरुवातमा जब नेपाल कम्युनिष्ट पार्टी थालनी भयो त्यसै दिनबाट कम्युनिष्ट क्रान्तिको सुरुवात भएको थियो । बिगतदेखि नै हाम्रो कम्युनिष्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्युनिष्ट क्रान्ति माथि प्रहार भयो । र पार्टी भित्र पटक पटक विद्रोह भयो ।’
नेता खनालले देशको परिवर्तन छापामार, र जनयुद्धबाट होइन जनविद्रोहबाट सम्भाव भएको बताउँदै आफू वृद्ध भए पनि विचार जवान भएको बताए । ‘एकपछि अर्को पिढी आउँछ तर विचार कहिले पनि बुढो हुँदैन । क्रान्तीमा लागिसकेपछी हामी एकछिन पनि आराम लिनुहुँदैन । हामी अहिले नयाँ क्रान्तिमा आएका छौ’ उनले भने ।