काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९ सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँ कायम भएको छ ।
तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोलामा ३० रुपैयाँले घटेर ११ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।