जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

बझाङ । बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदलयात्रीको ज्यान गएको छ। दुर्घटनामा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडाको मृत्यु भएको हो।

केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिए।

ओखेडाको घटनास्थलमै मृत्यु भएको हो। बुङ्गल नगरपालिका–६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ।