सिंहदरबार पुगे चोलेन्द्रशमशेर जबरा

काठमाडौँ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आज पनि बयान दिन आएका छन्। संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश राणासँग बुधबार पनि बयान लिएको थियो।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा राणामाथि बयान लिइएको थियो। बयान दिन राणा आज पनि उक्त कक्ष आइपुगेका छन्।

आफूमाथि लागेका आरोपबारे राणाले बैठकमा खण्डन गर्नेछन्। राणाले बुधबारको बैठकमा भने आफूमाथि महाभियोग लाग्नुपर्नाका कारणलगायत प्रश्न पनि सोधेका थिए।