सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा

काठमाडौँ– सत्तारुढ दलका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरु छलफलमा जुटेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटको विषय जटिल भन्दै गएपछि शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजगत्वमा बनेको कार्यदलले प्रतिवेदन तयार गरेर नेताहरुलाई बुझाइसकेको छ।

अहिलेसम्म कांग्रेसले प्रतिनिधि सभाको सय सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ । बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो।