काठमाडौ– रोल्पामा श्रीमान–श्रीमतीको शव भेटिएको छ।
परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सीका २५ वर्षीय श्रीमान दुर्गाबहादुर पुन र उनकी ३७ वर्षीया श्रीमती पार्वतीको शव रोल्पाकै माडी गाउँपालिका वडा नं.३ तालावाङमा भेटिएको हो ।
मृत फेला परेका दुबै जनाको शरीरमा घाउ खत र चोटपटक देखिएको हुँदा उनीहरूको कसैले रातिमा विभत्स हत्या गरेको अनुमान भइरहेको प्रहरीले जनाएको छ । उनीहरू स्थानीय जयलाल डाँगीको घरमा मजदुरी गरी बस्दै आएका थिए।
दुर्गाले बिहेपछि श्रीमतीलाई घरमा समेत भित्र्याएका थिएनन्। उनीहरू बीचमा जिल्लाबाहिर इँट्टा भट्टामा काम गर्ने क्रममा प्रेममा परेपछि बिहे भएको भन्ने कुरा आफूले सुनेको प्रहरी अधिकारीले बताएका छन् ।