सिरियामाथि इजरायलले हान्यो क्षेप्यास्त्र

गाजा – इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ। बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको छ।

सो क्षेप्यास्त्र सिरियाको उत्तरी शहर अलेपोको एक विमानस्थलनजिकै प्रहार गरिएको हो। सिरियाली उत्तरी शहर अलेपोको एक विमानस्थल र त्यहाँ रहेको सैनिक क्याम्पमा क्षेप्यास्त्र हानिएको सिरियाली सेनाले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ।

मध्यरातमा विमानस्थलनजिकै हानिएको क्षेप्यास्त्रले केही संरचनामा क्षति पुगेको बताइएको छ। त्यसको एक घण्टापछि सैनिक शिविरमा पनि उक्त हमला भएको सेनाको उक्त विज्ञप्तिमा जनाइएको छ। सिरियाली सैनिकले ती क्षेप्यास्त्रको प्रतिरक्षा गरेको जनाएको छ।