एभरेष्ट बैंक र पतंजली आयुर्वेद नेपालले क्रेडिट कार्डको सुरुवात गरेका छन् ।
तीजको अवसरमा भारतको नयाँ दिल्लीमा भएको सो कार्यक्रममा स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रुपमा सो कार्डको सुरुवात गरेका हुन् ।
यस कार्डबाट उपभोक्तले चाडपर्वको अवसरमा पतंजलीका सामानको खरिदमा नगद फिर्ता, बीमाका साथै अन्य थुप्रै सुविधा पाउने बैंकले जनाएको छ । सुरुवाती ३ महिनाका लागि इसुएन्स शुल्कमा ५०% छुट हुने बताइएको छ ।
सो कार्यक्रममा पतंजलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले उक्त कार्डबाट पतंजलीले आफ्ना ग्राहकलाई निकै फाइदा पुग्नुका साथै उक्त सुविधाबाट नगद फिर्ता, बीमा र अन्य सुविधाले गर्दा आफ्ना ग्राहकहरुलाई खर्च व्यवस्थापनमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे ।