श्रीलंका सुपर फोरमा

श्रीलंका युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ। बिहीबार राति बंगलादेशलाई बंगलादेशमाथि दुई विकेटको रोमान्चक जित हात पार्दै श्रीलंका सुपर चारमा प्रवेश गरेको हो ।

समूह बी बाट अफगानिस्तानले समूह विजेता र श्रीलंकाले दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान बनाएको छ ।

बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य श्रीलंकाले १९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाका ओपनर कुशल मेन्डिसले सर्वाधिक ६० रनको योगदान दिए । कप्तान दासुन शनाका ४५ रनमा आउट भए ।

बंगलादेशका लागि डेब्यू खेल खेलेका तीव्र गतिका बलर एबादत हसनले ३ विकेट लिए । तस्किन अहमदले २ विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो । बंगलादेशका लागि आफिफ होसेनले ३९ रन जोड्दा मेहदी हसनले ३८ रन बनाए ।

महमुदउल्लाहले २७ तथा शकिब अल हसन र मोसाडेक होसेनले समान २४/२४ रन जोडे । श्रीलंकाका वानिन्दु हसरंगा र चामिका करुनारत्नेले २/२ विकेट लिए ।