नेपाल र केन्याबिचको एकदिवसीय खेल आज, ब्याटिङ सुधार्ने चुनौती

काठमाडौं – केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोलीविरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ ।

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्यासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।

नेपालले केन्यामा तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एकदिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ ।

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी(ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।