प्रचण्डलाई कटाक्ष गदैै गोकुलले भने – ‘काँग्रेससँग भिख माग्दैछन्’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कटाक्ष गरेका छन्।

‘कांग्रेसीको भिख’मा चुनाव जितेर प्रधानमन्त्री र सांसद बन्ने सपना देखेको भन्दै व्यंग्य गरेका हुन्।

उनले फेशबुकमा लेखेका छन्, ‘माओवादी नेता पनि कहिले काहिँ त रमाइलो कुरा गर्छन्। सुप्रिमो चुनावपछि सडकमा जाने रे, अनि डाक्टर बाबुरामले चै पृथ्वीनारायण शाहले देश एकीकरण गरे जस्तै राजनीति एकीकरण गर्ने रे। ऊ बेला शालिकसम्म बाँकी राखेनन्।’

उनले प्रचण्डको चुनावपछि व्यवस्था परिर्वतन गर्न सडकमा जाने अभिव्यक्तिलाई व्यंग्य गरेका छन्। माओवादीले युद्धकालमा शालिकहरु भत्काएकोप्रति असन्तुष्टि पोखेका छन्।