यसरी मनाइयो ७२ औं प्रजातन्त्र दिवस (फोटो फिचर)

७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष समारोह गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।

कार्यक्रममा नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अंकित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।

१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको अवसरमा हरेक वर्ष फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । वि. सं. २००७ साल फागुन ७ गतेका दिन राणा शासनको अन्त्य भएको थियो ।

सम्बन्धित समाचार