काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुने पार्कको विषयलाई लिएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीप्रति कटाक्ष गरेका छन् ।
तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको तस्वीर सामाजिक सञ्जालमा राख्दै अब कुन मुख देखाएर जनता माझ भोट माग्न जाने भन्दै कटाक्ष गरेका हुन् ।
‘आदरणीय माधव नेपालज्यू तथा सम्माननीय राष्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो राष्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’ बालेनले लेखेका छन् ।