डा केसीको स्वास्थ्य अवस्था नाजुक, अन्यत्र रिफर गर्न अस्पतालको सुझाव

कैलाली – धनगढीमा ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र रिफर गर्न सुझाव दिएको छ ।

अस्पतालले सोमबार एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो ।

उनी गत भदौ २७ गतेदेखि धनगढीमा अनशनरत छन् । तर उनले राखेको मागबारे सरकारले अझैसम्म सुनुवाइ गरेको छैन ।