संविधान दिवसको अवसर पारेर सरकारले उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको छ। उद्योगी स्वर्गीय प्रभाकरशमशेर जबरालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिएको छ । जबरा सोल्टी होटलका सञ्चालक थिए ।
यस्तै सरकारले सुकीर्तिमय राष्ट्रदीपबाट उद्यमी चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ।
ढकाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमइ समूहका अध्यक्ष हुन्। व्यवसायीहरू कुशकुमार जोशी, जगदीशप्रसाद अग्रवाल, मुरलीधर रुङ्गटा, राजेशकुमार अग्रवाल, कुसुम लामा, अरुणकुमार केसी र बेनिगोपाल मुन्दडालाई सुप्रबल जनसेवा श्री दिइएको छ ।
सुप्रबल जनसेवाश्री पाउनेमा पर्यटन व्यवसायी राम थापा तथा रामबहादुर कोइरी र होटल व्यवसायी सिर्जना राणा पनि रहेका छन् ।
प्रबल जनसेवाश्री पाउनेमा व्यवसायीहरू सुशीलकुमार गोयन्का, यादव कुँवर, महेन्द्रकुमार श्रेष्ठ, सुनीलकुमार वंशल, ओमकार गौचन, बटु लामिछाने, दीपेन्द्रकुमार कलवार, सुवोधकुमार गुप्ता, भीमप्रसाद घिमिरे, सिताराम उप्रेती, सुरेन्द्रकुमार गोयल र चतुर्भुज अग्रवाल रहेका छन् ।
त्यस्तै, नरेशप्रसाद श्रेष्ठ, अशोककुमार वैद, प्रतापजंग पाण्डे, प्रेमकुमार श्रेष्ठ, प्रमोदकुमार अग्रवाल, गुणनिधि भण्डारी, दीपक कुँवर, सुरकृष्ण वैद्य, पवनकुमार अग्रवाल, शान्तकुमार उपाध्याय, कुमुदकुमार दुगड महिला उद्यमी लक्ष्मी शर्मालाई पनि प्रबल जनसेवाश्री दिइएको छ ।
कृषि उद्यमी खेमबहादुर केसी, गोविन्दप्रसाद थपलिया, यातायात व्यवसायी दधिराम खरेल र नर्सरी व्यवसायी बिन्दु गुप्ताले पनि प्रबल जनसेवाश्री पाएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाललाई पनि यो पदवी दिइएको छ ।
व्यवसायीहरू गणेश कार्की, कृष्ण मुरारी अग्रवाल, जीवकान्त काफ्ले, योगेश घिमिरे, मानसिंह साउँद, राजु कार्की र अस्मिलाल भट्टराईलाई जनसेवाश्री पदवी दिइएको छ । पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे र मिङ्मा शेर्पा र अटो व्यवसायी मिलनबाबु मल्ललाई पनि जनसेवाश्री पदवी दिइएको छ ।
नेपाल सेवा प्रवीणबाट व्यवसायी पशुपति घिमिरे र नवराज श्रेष्ठ सम्मानित हुने भएका छन्। समाजसेवा रत्नबाट अम्बिकाप्रसाद लामिछाने, रुक्मणी देवकोटा र प्रसन्न अर्याल सम्मानित भएका छन्।
विकास रत्न पदकबाट कृषि व्यवसायी कुलचन्द्र ज्ञवाली, व्यवसायीहरु विनायक शाह, मोहनराज ओझा, दिनेशकुमार महतो, बैंकर शिक्षा भट्टचन, व्यवसायी टीकाबहादुर श्रेष्ठ, आङगेल्बु शेर्पा, मनोजकुमार भारती, यमुना श्रेष्ठ, भुवन खराल र दीपक नेपाल सम्मानित भएका छन्।
यसपटक सूचीमा परेकामध्ये अधिकांश व्यवसायी यसअघि नै पनि सम्मानित भइसकेका छन् ।