अदालतको आदेशपछि पनि रोकिएन टुकुचा खोज्ने अभियान

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्ने अभियान जारी राखेको छ । आइतबार उच्च अदालत पाटनले टकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरे पनि काठमाडौं महानगरपालिकाले सोमबार पनि उत्खननलाई निरन्तरता दिएको छ ।

काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सोमबार विहान पुतलीसडक–हात्तीसार–कमलादी क्षेत्रमा उत्खनन रिएको छ । उनले ती क्षेत्रमा संरचना बनेका ठाउँभन्दा बाहिर टुकुचा खोज्न उत्खनन गरिरहेको उनको भनाइ छ ।

महानगरले यसअघि नै टुकुचा भूमिगत भएको सुरुवाती बिन्दु र अन्तिम बिन्दु उत्खनन गरिसकेको छ । बीचको अन्य स्थानमा पनि खोला देखिने गरी उत्खनन गरिरहेका महानगर प्रहरीले जनाएको छ ।