माओवादीले बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौँ –नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ ।

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।

सोहीअनुसार माओवादी केन्द्रले सोमबार आफ्ना समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएको हो ।