काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।