स्वास्थ्यमा समस्या देखिएपछि डा केसीलाई काठमाडौं ल्याइँदै

काठमाडौँ – चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै नौ दिनदेखि अनशनरत डा। गोविन्द केसीको स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ।

कैलाली जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता यज्ञराज जोशीले डा. केसीलाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको जानकारी दिए।

मांसपेशी सुक्दै गएको तथा अल्सर भई रक्तस्रावको शंका भएकाले शरीरमा थप जटिलता आउन सक्ने र जोखिम हुन सक्ने भएकाले विशिष्टीकृत अस्पतालमा लैजान सल्लाह दिइएको उनको उपचारमा संलग्न डा। शेरबहादुर कमरले बताए।

स्वास्थ्यजटिलता बढ्दै गएपछि डा.केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो।