काठमाडौंको चन्द्रागिरि नगरपालिकाले आगामी बुधवार सार्वजनिक बिदा दिएको छ ।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) नगरपालिका वडा ६ स्थित मातातीर्थ कुण्डमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
‘यस चन्द्रागिरि नगरपालिका नगरकार्यपालिकाको बैठकको निर्णयअनुसार यही मिति २०८१/०१/२६ गते मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) यस नगरपालिका वडा नम्बर ६, महादेवस्थानमा अवस्थित मातातीर्थ कुण्डमा लाग्ने मेलाको अवसरमा मिति २०८१/०१/२६ गते बुधवार चन्द्रागिरि नगर क्षेत्रभर सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।