नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार भएको इन्टरनेट सेवा अवरुद्धबारे ध्यानाकर्षण भएको जनाएको छ ।
प्राधिकरणले इन्टरनेट सेवा अत्यावश्यक सेवामा पर्ने भन्दै दूरसञ्चार ऐन २०५३ तथा अनुमतिपत्रको शर्तअनुसार भरपर्दो र गुणस्तरीय सेवा सुनिश्चितता गरी आम उपभोक्तालाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
अन्यथा दूरसञ्चार ऐन, २०५३ लगायत प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने व्यहोरा सम्बन्धित सेवा प्रदायकहरुलाई जानकारी गराइन्छ’, प्राधिकरणले भनेको छ ।
प्राधिकरणले केही कम्पनीहरुले बक्यौता नतिरेको र यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा इन्टरनेट सेवा अवरुद्ध हुनुलाई स्वाभाविक रुपमा लिन नसकिने पनि उल्लेख गरेको छ ।
नेपाल सरकार र प्राधिकरणलाई आरोप लगाएर ब्यान्डविथ खरिदबापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेको भनेर विभिन्न सञ्चार माध्यममा आएका समाचारमा समेत ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ ।