बर्दियामा दुई बालक मृत भेटिए

बर्दिया — बासगढी नगरपालिका–९ माछागढका दुई बालक मृत अवस्थामा फेला परेका छन् ।

शव ग्यांग खोलामा शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अबेरसम्म घर नआएपछि राति १० बजे पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बिहान खोजी गर्ने क्रममा ग्यांग खोलामा ९ वर्षीय विकल्प विक र ७ वर्षीया रोशन खत्रीको शव फेला परेको बताए ।