बोटलर्स नेपाल र बोटलर्स नेपाल तराईको लाभांश घोषणा

बोटलर्स नेपाल कम्पनी लिमिटेड र बोटलर्स नेपाल लराई लिमिटेडले लाभांश घोषणा गरेका छन् । ६ असोज बिहीबार बसेको सञ्चलाक समितिको बैंठकले दुबै कम्पनीको लाभांश प्रस्ताव गरेको हो ।

बोटलर्स नेपालले सेयरधनी आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै बोटलर्स नेपाल तराईले पनि सेयधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

दुबै कम्पनीको प्रस्तावित लाभांश आगामी वार्षिक साधाराणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।