काठमाडौँ – लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलामको माइजोगमाई गाउँपालिका घर भएका ४२ वर्षीय सन्तोष तामाङलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्रकुमार खड्काले बताए ।
भदौ २१ मा न्यूरोडस्थित उनले सञ्चालन गरेको शिवशक्ति ज्वेलर्सबाट पक्राउ गरेर प्रहरीले तामाङलाई अदालतमा उपस्थित गराएको थियो ।जिल्ला अदालतको आदेशले सन्तोषलाई पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा पठाइएको एसपी खड्काले जानकारी दिए ।
२०७७ भदौ ७ मा कागेश्वरी मनोहरा स्थित उनको डेराबाट प्रहरीले ६३ ग्राम खैरो हेरोइनसहित उनलाई पक्राउ गरेको थियो । प्रतिवादी दिपक शेर्पा नेपाली समेत भएको मुद्दामा उनी फरार थिए ।