भलिबल खेल हेर्न सार्वजनिक बिदा

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयर कप खेल हेर्न आइतवार सार्वजनिक बिदा दिएको छ ।

असोज ८ देखि ११ गतेसम्म अन्तरपालिकास्तरीय मेयर कप रनिङ पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल हेर्न आज एक दिन सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रवक्ता महन न्यौपानेले बताए र

नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले मेयर कप रनिङ दोस्रो संस्करण भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रवक्ता न्यौपानेले बताए ।