सरकारको डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर) मा आगलागी भएको छ । हेटौंडा–४ को हुप्रचौरमा रहेको सरकारी सूचनाहरु ‘ब्याक–अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टर मै आगलागी भएको हो ।
आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको जनाइएको छ ।
आगलागी कारण र क्षतिबारे भने अहिले जानकारी नआइसकेको प्रहरीले जनाएको छ ।
यसअघि काठमाडौंमा रहेको डाटा सेन्टरमा पनि ब्याट्री पड्किएरै यस्तो घटना भएको थियो ।
आगलागी कारण कतिपय सरकारी अनलाइन सेवा तथा सूचना प्रणालीमा असर पर्न सक्ने बताइएको छ ।