माधवलाई मुकुन्दको प्रश्न : विधि र पद्धतिको उल्लंघन किन गर्नुभयो ?

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले पार्टीभित्र असन्तुष्टि जनाएका छन्। एमालेबाट विद्रोह गरेको वर्ष दिन बित्न नपाउँदै माधवकुमार नेपालको नेतृत्वमाथि नेता न्यौपानेले प्रश्न गरेका छन्।

उनले एमालेबाट गरेको विद्रोह व्यक्तिगत पदको लागि मात्रै होरु भनेर नेतालाई कार्यकर्ताको प्रश्न भन्दै पार्टी नेतृत्वलाई सोधेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘केपी ओलीका प्रवृत्तिविरुद्ध विद्रोह गरौँ भन्ने अनि आफूले पार्टी सञ्चालन कमिटी परिचालन विधि र पद्धतिमा केपी ओलीभन्दा निम्नस्तरमा झरेर विधि पद्धतिको उल्लङ्घन गर्ने हो भने त्यस्तोमा कार्यकर्ताले के गर्नेरु हाम्रो विद्रोह प्रवृत्तिका विरुद्ध थियो कि व्यक्तिगत पद प्राप्तिका लागि थियो?’

एमालेबाट विद्रोह गरेर बनेको समाजवादीमा पछिल्लो समय विवाद चुलिँदै गइरहेको छ। स्थानीय तहको निर्वाचनमा कमजोर नतिजा आएपछि माधव नेपालको विद्रोहमाथि नै प्रश्न उठिरहेको छ।

उनी गठबन्धनलाई दोष दिएर आफू पन्छिरहेका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पनि सिट बाँडफाँटको झमेलामा गठबन्धन फसेको छ।