बागलुङ – मालढुँगा नजिकै गाडि र हाईस ठोक्किदा ७ जना घाईते भएका छन् । आइतबार दिउँसो ४ बजे काठमाण्डौ बाट बागलुङ आउँदै गरेको बा ४ ख ७९४ नम्बरको हाईस र बागलुङबाट जाँदै गरेको ग १ ख ९२७३ नम्बरको गाडि एक आपसमा ठोक्किदा ७ जना घाईते भएका छन् ।
घाईते हुनेमा काठेखोला २ भिमपोखराका १९ बर्षिय सागर पौडेल,बानपा ८ सिगानाका ५३ बर्षिय रामेन्द्र खड्का,बानपा ८ कै २० बर्षिय गौरी खड्का,काठेखोला २ भिमपोखराका २४ बर्षिय तारा पौडेल ,सोहि ठाउँकै २५ बर्षिय आराती गौतम ,साविक लेखानी ४ का ३९ बर्षिय गँगा बिक र बानपा ११ रायडाडाका १९ बर्षिय सुजता शाक्य रहेको प्रहरीले जनाएको छ ।
घाईते मध्ये २ जनालाई पोखरा उपचारका लागि रिफर गरिएको छ । लेखानीका गँगा विक र भिमपोखराकी आराती गौतम गम्भिर घाइते भएकोले थप उपचारका लागि पोखरा पठाईएको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।