काठमाडौँ – नेपालले युक्रेन युद्ध शान्तिपूर्ण संवादका माध्यमबाट अन्त्य हुनुपर्नेमा जोड दिएको छ।
अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघीय महासभाको ७७औँ सत्रलाई मंगलबार सम्बोधन गर्दै परराष्ट्र सचिव पौड्यालले युक्रेन युद्धबाट मारिएका तथा त्यसबाट पीडित भएकाप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्।उनले युक्रेनमा भइरहेका शत्रुतापूर्ण व्यवहार र हिंसा तत्काल अन्त्य गर्न आह्वान गरे।
‘सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन र संवादको बाटोमा फर्कन आग्रह गर्दछौँ’, सचिव पौड्यालले भने।
गत फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले थालेको सैन्य हमला जारी छ। अमेरिकी ध्रुवको उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० को सदस्यता लिन युक्रेनले कोशिस गरेपछि त्यसको बदलामा रुसले युक्रेनमाथि सैन्य हमला गरेको हो। युक्रेनलाई अमेरिका लगायत पश्चिमा मुलुकले साथ र समर्थन दिइरहेका छन् भने रुसलाई चीन लगायत मुलुकको साथ छ।