चुनावलाई लडाईंको रुपमा लिन पोखरेलको निर्देशन

काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाईंको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीलाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रुपमा मात्रै ठान्न नहुने बताए।

‘यो निर्वाचनलाई केवल निर्वाचनमात्रै ठान्न हुँदैन। यसपटकको निर्वाचन लडाईंको रुपमा हाम्रो अगाडि छ, जुन लडाईं हामीले जित्नैपर्छ’, उनले भने, ‘जित्नैपर्ने लडाईंको रुपमा हामी यो निर्वाचनमा छौँ।’

पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले पराजित गर्ने उद्घोष गरे।

पोखरेलले पाँचदलीय गठबन्धनको कुनै भविष्य नरहेको बताएका छन्। स्थानीय तहको निर्वाचनको परिणामलाई जोड्दै उनले एमालेले लोकप्रिय मत ल्याएको पनि जिकिर गरे।