देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पश्चिम) को सरावल गाउँपालिका–७ भन्सार टोल बस्ने ४२ वर्षीय लखन यादव सोही ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–१९ चक्रबहील इतानी गल्ली डेरा गरी बस्ने हाल पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोतीस्थित भेरी नदीको किनारमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । सुनसरीको रामधुनी नगरपालिका–१ मिठ्ठिचोक नजिक सुनसरी मोरङ सिंचाई आयोजनाको नहरमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।