सिट बाँडफाँटको विषयमा गठबन्धन सहमति नजिक

काठमाडौँ – सत्ता गठबन्धनमा सहभागी दलहरुबीच प्रतिनिधि सभा सिट बाँडफाँटमा लगभग सहमति भएको छ । बुधबार रातिसम्म भएको छलफलले एकाध सिटबाहेक सबै क्षेत्र टुंगाएको हो ।

प्रतिनिधिसभाको १६५ सिटमध्ये १५७ सिटमा सहमति बनिसकेको अर्का कार्यदल सदस्यले बताए। उनका अनुसार कांग्रेसले ८५, माओवादी केन्द्र ४१, एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टीले १२ र जनमोर्चाले २ पाउने निश्चित भएको छ। केही क्षेत्रमा नेता व्यवस्थापन गर्नुपर्ने भएकाले सहमति हुन सकेको छैन । अहिले १७ क्षेत्रमा दोहोरो तेहरो दाबी कायमै छ ।

बुधबार गठबन्धन सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरू सहमति जुटाउन अबेरसम्म बालुवाटारमै बसेको थिए। सिट बाँडफाँटमा सहमति जुटाउनको लागि दलका शीर्ष नेताहरु आन्तरिक छलफल छन्।