रुस मलाई मार्न चाहन्छ : युक्रेनी राष्ट्रपति

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले उनलाई मार्न चाहेको बताएका छन्। राष्ट्रपति जेलेन्स्कीले आफू राजधानी किफको सरकारी घरमा बस्दै आएको र उनको परिवार पनि युक्रेनमा रहेको बताए। उनले यसबारे थप जानकारी दिएका छैनन्। जेलेन्स्कीले युक्रेनी अधिकारीहरूलाई शत्रुहरू राजधानी किफमा प्रवेश गरेको चेतावनी दिएका छन्।

एक भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भने, उनीहरू (रूस) युक्रेनको टाउकोलाई राजनीतिक रूपमा नष्ट गर्न चाहन्छन्। दुश्मनको पहिलो निशाना म हुँ र दोस्रो नम्बरमा मेरो परिवार छ।

रुसले जेलेन्स्कीलाई अमेरिकी समर्थन प्राप्त राष्ट्रपति भन्छ। पुटिनले जेलेन्स्कीले युक्रेनलाई अमेरिकाको उपनिवेश बनाएको समेत बताएका छन्।

सन् २०१४ मा युक्रेनमा रुस समर्थित सरकारको पतन भएदेखि नै पुटिन त्यहाँ गठन हुने सरकारहरूप्रति आक्रोशित छन्। जेलेन्सी नाटोमा सामेल हुन चाहन्छन्, जबकि रूसी राष्ट्रपति पुटिन कुनै पनि परिस्थितिमा यो हुन दिन चाहँदैनन्। पुटिनले नाटोलाई रुसको सुरक्षाका लागि खतराको रूपमा हेर्छन्।

सम्बन्धित समाचार