युक्रेनमा ३ हजार ५०० बढी रुसी सैनिक मारिएको र २०० जनालाई कब्जामा लिएको दाबी

युक्रेनले ३ हजार ५०० भन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको सेनाले रुसी सेनातर्फ भएको सैन्य क्षतिबारे विवरण प्रकाशित गर्दै ३ हजार ५ सय बढि सेना मारिएको र २०० जनालाई बन्दी बनाइएको दाबी गरेको हो ।

फेसबुकमा प्रकाशित उक्त विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित उनीहरुको मृत्यु भएको बताइएको छ । युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्याङ्क पनि गुमाएको छ। रुसले भने अहिले आफूपट्टि भएको मानवीय क्षतिबारे कुनै जानकारी दिएको छैन।

रुसले गत ३ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आइरहेको छ छ भने त्यहाँका बिभिन्न स्थान कब्जामा लिएको छ । रुसले गत ३ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आइरहेको छ छ भने त्यहाँका बिभिन्न स्थान कब्जामा लिएको छ । रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बिन्दुहरूमा युक्रेन छिरेका छन्। युक्रेनमा गोलाबारी र बम हमला भइरहेको छ । यस्तै रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार पनि गरिरहेको छ ।

सम्बन्धित समाचार