युक्रेनको राजधानी किएभको सडकमा रुसी ट्याङ्कले कारलाई किचेर हिँडेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
स्थानीयवासीहरूले खिचेको भिडिओमा बाटोमा गुडिरहेको कारमाथि रुसी सेनाको ट्याङ्क केही मोडिएर किचेको हो । तर, उक्त कार चलाउने एक वृद्ध व्यक्ति भाग्यवश बाँचेका छन्।
रुसी सेना किएभ आइपुगेपछि धेरै किएभवासीहरू बाहिर गएका छन् वा भूमिगत बम शेल्टरमा आश्रय लिन गएका छन्।
UPDATE: Ukrainian civilian who crashed with a Russian tank (after the tank tried to hit the car on purpose) is alive and people are trying to rescue him from the wreckage. pic.twitter.com/EfTv8JpNLI
— Ukraine Live News (@UkraineLiveNews) February 25, 2022