युक्रेनी राष्ट्रपतिले भने – मलाई पक्राउ गर्ने योजना विफल, देश छाडेर भाग्दिन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको बताएका छन्।

भिडिओ सन्देशमा उनले युक्रेनमाथिको आक्रमण रोक्नका लागि आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव सिर्जना गर्न रुसी जनतालाई आग्रह गरेका छन्।

“हामीले योजना असफल बनाएका छौँ,” जेलेन्स्कीले भने। युक्रेनी सेनाले किएभ र वरपरका सहरहरू आफ्नो नियन्त्रणमै राखेको उनले बताएका छन्।

जेलेन्स्कीले देश छोड्न अस्विकार गरेका छन् । उनले आफु युक्रेन छोडेर कतै नजाने र आफ्नो सेनालाई पनि आत्मसमर्पण नगर्न आदेश दिएका छन् ।

यसअघि पनि जेलेन्स्कीले राजधानी किएभबाट भिडिओ सन्देशमार्फत कीएभमै बस्ने भनेका थिए । उनले युक्रेनी नेतृत्व र संसद कीएभमा रहने घोषणा गरेका छन् ।

आफ्नो देशसँग युरोपेली सङ्घको सदस्य हुने अधिकार समेत रहेको उनको भनाइ छ। अझैसम्म युरोपेली सङ्घको सदस्य नरहेको युक्रेनको संविधानमा युरोपेली समूहमा सहभागिता जनाउने आकाङ्क्षा व्यक्त गरिएको छ।

रुसले गत ३ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आइरहेको छ भने त्यहाँका बिभिन्न स्थान कब्जामा लिएको छ । रुसले गत ३ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आइरहेको छ छ भने त्यहाँका बिभिन्न स्थान कब्जामा लिएको छ । रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बिन्दुहरूमा युक्रेन छिरेका छन्। युक्रेनमा गोलाबारी र बम हमला भइरहेको छ । यस्तै रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार पनि गरिरहेको छ ।

सम्बन्धित समाचार