सर्लाही २ मा सत्ता गठबन्धनको साथ यादवलाई, एक्लिए महत्तो

काठमाडौँ – सत्ता गठबन्धनले सर्लाही २ मा महिन्द्र राय यादवलाई उम्मेदवार बनाएको छ । गठबन्धनको बुधबारको बैठकले सर्लाही २ मा यादव नै उम्मेदवार भएको भनेको छ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सामूहिक विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएका हुन् ।

गठबन्धनले यादवलाई उम्मेदवार बनाएपछि लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो एक्लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सर्लाही २ मा लोसपा नेता राजेन्द्र महतो र माओवादी केन्द्रबाट महिन्द्र राय यादवले उम्मेदवारी दर्ता गरेका थिए ।

Share