फिनल्यान्ड र आयरल्यान्डले रुसी विमानका लागि आफ्नो आकाश बन्द गर्ने घोषणा गरेका छन् । कहिलेदेखि सो निर्णय लागु हुन्छ भन्ने कुरा स्पष्ट छैन ।
फिनल्यान्ड र रुसबीच १,३०० किलोमिटर लामो सीमा छ। यसर्थ रुसबाट पश्चिमतर्फ जाने हवाई मार्ग बन्द हुनेछन् ।
चेक गणतन्त्र, इस्टोनीया, जर्मनी, पोल्यान्ड र यूकेले यस्तै निर्णय गरिरहेका छन् ।
रुसले पनि ती देशहरूको विमानलाई आफ्नो आकाशमा उड्न रोकेको छ ।