कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त भएका छन् ।
मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा वरिष्ठ अधिवक्ता हमाललाई प्रदेश प्रमुखले सोमबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । हमालले सोमबार नै मुख्य न्यायाधिवक्ताका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुखको उपस्थितिमा हमाललाई उच्च अदालत सुर्खेतका मुख्य न्यायधीश लोहितचन्द्र शहल पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्य न्यायाधिवक्तामा नियुक्त हमाल २०४३ सालदेखि अधिवक्ताको रूपमा काम गर्दै आएका थिए। २०७३ सालमा उनी वरिष्ठ अधिवक्ता बनेका हुन् ।