काठमाडौं । युक्रेनीहरुले भारतीय विद्यार्थीहरुलाई कुटेका छन् ।बोर्डर गार्ड्सले भारतीय विद्यार्थीहरूलाई गालीगलौज गरी कुटपिट गरेका हुन् ।संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेनमाथि रुसको आक्रमणविरुद्ध निन्दा प्रस्तावमा भएको मतदानमा भारत अनुपस्थित भएपछि युक्रेनीहरू भारतीयसँग रिसाएका हुन् ।
भारतीय विद्यार्थीहरूले शेयर गरेको भिडियोमा युक्रेनी सैनिकहरूले हावामा गोली चलाएको र विद्यार्थीहरूलाई धकेलेको देखिन्छ । युक्रेनका सर्वसाधारणले पनि आफूहरूसँग दुर्व्यवहार गरेको भारतीय विद्यार्थीहरूको भनाइ छ ।
युक्रेनमाथि रुसको आक्रमणका कारण त्यहाँ रहेका कतिपय विद्यार्थीहरू त्यहीँ फसेका छन् । पोल्यान्ड र रोमानियाको बाटो हुँदै उनीहरू घर फर्किरहेका छन् । तर धेरैलाई भारत फर्किन कठिनाइ भइरहेको छ । मेडिकल पढ्ने विद्यार्थीहरूले आफूलाई पोल्यान्ड युक्रेन बोर्डरका कैयौं चेकपोइन्टमा कुटपिट गरिएको बताए । आफूलाई चिसो कठ्यांग्रिदो जाडोमा कैदीलाई जस्तो राखिएको अनि खाना, पानी र न्यानो कोठा समेत उपलब्ध नगराइएको उनीहरूले बताए ।
हजारौैं भारतीय विद्यार्थीहरू अझै पनि पोल्यान्ड सीमामा अड्केका छन् । उनीहरू ट्रेन, कार, बस वा पैदलै हिँडेर सीमामा पुगेका हुन् । भारत सरकारले युक्रेनमा फसेका हजारौं विद्यार्थीलाई उद्धार गर्न सकेको छैन ।