नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू एमालेमा आउन आतुर रहेको बताएका छन् ।
सोमबार राजधानीमा आयोजित एक विमोचन समारोहलाई सम्बोधन गर्दै गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छिटोभन्दा छिटो एमालेमा ल्याउन भनिदिन समेत आग्रह गरे ।
‘अध्यक्षलाई, नेतालाई, कमरेड केपी ओलीलाई छिटोभन्दा छिटो एमालेमा ल्याउँ भन्नुहोला,’ उनको आग्रह थियो । साथै, उनले आफू अध्यक्ष ओलीको आलोचना वा खुट्टा तान्ने काममा नरहने पनि स्पष्ट पारे ।
तपाईंलाई ढलाउनका निम्ति, तपाईको आलोचना गर्नको निम्ति, तपाईलाई खुट्टा तान्नको निम्ति म तपाईको पार्टीमा आउने होइन । म तपाईलाई सहयोग गर्न आउने हो ।
बामदेव गौतम उसै बामदेव गौतम नभएको भन्दै उनले मर्ने बेलामा हसिँया हतौडाको झण्डा ओढेर मर्न पाउनुपर्ने बताए ।
‘बामदेव गौतम त्यसै बामदेव गौतम भएको छैन । यो मान्छेलाई नमर्दासम्म प्रयोग गर्नुस हो तपाईंहरूले । मैले भनेको थिए । अब यो के गर्नु हुन्छ हेर्र्दै जाउँ । नमर्दासम्म मैले काम गरिरहन पर्छ । मरेपछि त्यो हसिँया हतौडाको झण्डा ओढेर मर्न पाउनुपर्छ,’ उनले भने ।